बझाङ : बझाङमा अहिलेसम्म ६ हजार २ सय ९६ नमुना स्वाब संकलन गरिएकोमा ६ हजार १ सय ९१ जनाको मात्रै रिर्पोट प्राप्त भएको छ । अझैं डडेल्धुरा अस्पतालको प्रयोगशालामा परिक्षण क्रममा रहेका १ सय ५ नमुनाको रिर्पोट आउन बाँकि रहेको छ । अहिलेसम्म प्राप्त भएका ६ हजार १ सय ९१ नमुनामध्ये ४ सय ३५ जना संक्रमित भेटिएका छन् । बझाङमा देखिएका संक्रमितमध्ये सबैभन्दा बढी केदारस्युँमा छन् भने साइपाल गाउँपालिका र सुर्मा गाउँपालिकामा अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार केदारस्युँमा १ सय २२ जना, दुर्गाथली गाउँपालिका ९३ जना, बुंगल नगरपालिकाका ९० जना, वित्थडचिरमा ३७ जना, थलारा र छबिसपाथिभेरा २५–२५ जना, जयपृथ्वी नगरपालिकामा १८ जना, खप्तडछान्नामा १५ जना र मष्टामा ९ जना संक्रमित रहेका छन् । यीमध्ये ३ सय ६२ जना निको भएर फर्किसकेका छन् ।
चैत ११ गते यता कति जना जिल्ला भित्रिए ?
लकडाउन सुरु भएको यता गत चैत ११ गतेदेखि भदौ १२ गतेसम्म बझाङमा ९ सय २१ जना नेपालका विभिन्न स्थानबाट र ११ हजार १ सय ४ जना भारतका विभिन्न शहरबाट भित्रिएको तथ्याङ्क स्वास्थ्य कार्यालय बझाङसँग छ । त्यसमध्ये ११ हजार २ सय १६ जना क्वारेन्टाइन बसेर घर फर्किएका छन् ।
जिल्लामा कतिको कन्ट्रयाक्ट ट्रेसिङ गरियो ?
अहिलेसम्म जिल्लामा ४ सय ३५ संक्रमित रहेका छन् । यी संक्रमितको सम्पर्कमा आएका ६ सय बढीको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म ६ हजार ३ सय १२ जनाको नमुना स्वाब संकलन गरिएको छ भने त्यसमध्ये ६ हजार १ सय ४३ रिर्पोट प्राप्त भएको छ । हाल ३७ महिला र ६० पुरुष आइसोलेसनमा रहे्का छन् । ३ सय ३६ जना भने निको भएर घर फर्किसकेका छन् ।