बागथलामा गार्मेन्ट उद्योगमा आगलागी, उद्योग पूर्णरूपमा नष्ट

Image

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–४ स्थित बागथला बजारमा रहेको एक गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागी भएको छ।

स्थानीय पुष्पराज भट्टले सञ्चालन गर्दै आएको होनैनाथ गार्मेन्ट उद्योगमा राति करिब १२:४५ बजे विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। अस्थायी प्रहरी पोष्ट बागथलाका अनुसार जस्तापाताले छाएको एकतले तीन कोठे उक्त कच्ची गार्मेन्ट उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ।

घटनाको जानकारी राति १:३० बजे प्राप्त हुनासाथ प्रहरी निरीक्षक हरक सिंह फरालको कमाण्डमा चार जनाको प्रहरी टोली खटिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा राति करिब २ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाइएको छ।

उद्योगभित्र रहेका सबै सामग्री जलेर नष्ट भए पनि कुनै मानवीय वा चौपाया क्षति भने नभएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। घटनाबाट भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन