शैल्यशिखर नगरपालिकामा जालसाजीको प्रयास: जीवित व्यक्तिको नाममा मृत्यु प्रमाणित गरी बैंक ठग्न खोजिएको खुलासा

Image

गोविन्द धामी दार्चुला — शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीका छोरा जनक सिंह धामीले कृषि शाखाबाट जीवित व्यक्तिलाई मृत देखाएर बैंकमा चेक साट्ने प्रयास गरेको खुलासा भएको छ।

मालिकार्जुन कृषक अगुवा समूहका अध्यक्ष जनक सिंह धामीले आफ्नै समूहकी सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीलाई मृत्यु प्रमाणित गराई गोकुलेश्वरस्थित ग्लोबल आइएमई बैंकमा खातानवीकरण गराउन प्रयास गरेका थिए। बैंकले जब मृत भनिएकी मञ्जु र जानकीलाई सम्पर्क गर्दा उनीहरू जीवित रहेको पुष्टि भयो।

उक्त झुटो सिफारिसमा शैल्यशिखर नगरपालिकाको कृषि शाखाका प्रमुख दीपक राज बिष्टको संलग्नता देखिएको छ। बिष्टले कृषि शाखाबाट दुबै महिलालाई मृत प्रमाणित गरी बैंकमा खातानवीकरणको सिफारिस गरेका थिए।

बैंक ठगीको प्रयाससँग सम्बन्धित यो घटनाले स्थानीय सरकार तथा कृषक समूहमा भइरहेको गम्भीर अनियमितता र भ्रष्टाचारको संकेतमात्र होइन, कानुनी कारबाहीको आवश्यकता पनि देखाएको छ। हालसम्म प्रहरी वा जिल्ला प्रशासन कार्यालयबाट कुनै औपचारिक अनुसन्धान सुरु भएको जानकारी आएको छैन।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन