दार्चुलामा घरको छतबाट लडेर युवकको मृत्यु

Image
फाईल तस्विर

बैतडी । दार्चुलामा घरको छतबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका ७ धापका २५ वर्षीय विरेन्द्र रैखोलाको घरको छतबाट लडेर मृत्यु भएको हो ।

विहिबार बिहान छिमेकी झुसे ओडको घरमा वाइरिङ गर्ने क्रममा छतबाट लडेर घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताउनुभयो।

प्रतिक्रिया जनाउनुहाेस्