बझाङ — बुंगल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई आईपीओ निष्काशनकाे स्वीकृति दिएको हो।
सेबोनले बुंगल हाइड्रोलाई प्रतिकित्ता १०० रुपैयाँ दरमा २९ लाख ५ हजार कित्ता शेयर बिक्री गर्ने अनुमति दिएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणका लागि जम्मा जारी पुँजीको ३५ प्रतिशत बराबरको शेयर बिक्री गर्न लागेको हो।
यो आईपीओबाट कम्पनीले कुल २९ करोड ५ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ। संकलित पूँजी कम्पनीले जलविद्युत् आयोजनाको निर्माण, पूर्वाधार विकास तथा अन्य आवश्यक कार्यमा खर्च गर्ने जनाएको छ।
यससँगै अब कम्पनीले छिट्टै आवेदन प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको छ।
प्रतिक्रिया जनाउनुहाेस्
























