रास्वपा बझाङ जिल्ला सभापतिमाथि कार्यकक्षमै दुव्र्यवहार र हातपात

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङका जिल्ला सभापति सत्यराज उपाध्यायमाथि हातपात भएको छ। चैनपुरस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको  पार्टी कार्यालयमै सभापति उपाध्याय माथि हातपात भएको हाे  । सभापति उपाध्यायका अनुसार, बझाङ बाट समानुपातिक उम्मेदवार तथा पुर्व SSP. मोहनराज जोशीले पार्टी कार्यकक्षमै प्रवेश गरी कुटपिट गरेका हुन्। घटना राजनीतिक गुटबन्दीको विषय उठाएपछि उत्पन्न भएको बताइएको छ । “मैले पार्टीभित्रको गुटबन्दीबारे प्रश्न उठाएको कारण उहाँ (जोशी) आक्रोशित हुनुभयो र कार्यकक्षमै हातपात गर्नुभयो,” सभापति उपाध्यायले प्रतिक्रिया दिनुभयो ।

उपाध्यायमाथि भएको हातपातको खबर बाहिरिएपछि, विभिन्न ठाउँबाट आलोचना सुरु भएको छ। घटनाले रास्वपाको आन्तरिक अवस्था र राजनीतिक व्यवहारमाथि प्रश्न उठाएको छ ।

एकजना जिल्ला सभापति माथि आफ्नै कार्यकक्षमा आएर कुटपिट गर्नु अमानवीय र गैरजिम्मेवार कार्य भएको भन्दै राजनीतिकर्मी तथा सर्वसाधारणले निन्दा गरेका छन् । सभापति उपाध्यायले घटनाबारे पार्टी नेतृत्व तथा प्रहरी प्रशासनलाई जानकारी गराइसकेको बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन