बैतडी बैतडीको सिगास गाउपालिमा स्वाब संकलन गर्न गएका एक जना स्वाथ्यकर्मि माथी कुटपिट भएको छ । गाँउपालिकाकाे वडा ३ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथी सोमबार मदिरा सेवन गरेका वडा नं ३ कै मान सिह बोहराले कुटपिट गरेका हुन । वडा नं ५ को ढुङ्गाडको क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मी बोहराले महामारीको समयमा भिडभाड नगर्न आग्रह गर्दा मदिरा सेवन गरेका मान सिहले बोहराले कुटपिट गरेको सिगास गाउपालिकाका स्वास्थ्य साखा प्रमुख घनश्याम बोहराले बताए । क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथी कुटपिट भएपछि स्वाब संकलन कार्य प्रभावित बनेको छ ।प्रहरीलाई यसबारे जानकारी भइसकेको र कुटपिट गर्ने ब्यक्तीलाई पक्राउ गरी कार्वाही प्रक्रिया थालिने साखा प्रमुख बोहराको भनाई छ ।
प्रतिक्रिया जनाउनुहाेस्