बझाङ,। बझाङको केदारस्युँ गाउँपालिका वडा नं ७ जसुडा दोमाल निवासी तथा प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनी बझाङ शाखा प्रमुख सरिता धामीले आफ्ना दिवंगत पिता मने धामीको १७ औं स्मृतिमा अनाथ बालबालिकालाई विभिन्न सामग्री सहयोग गरेकी छिन्।
बुङ्गल नगरपालिका–६, झापास्थित अनाथ गृहमा रहेका बालबालिकालाई उहाँले आज शनिबार जुत्ता–चप्पल तथा शैक्षिक सामग्री वितरण गरेकी हुन्। सामग्री पाउँदा बालबालिकाको अनुहारमा उत्साह र खुसी देखिएको थियो। स्व. मने धामीको २०६६ सालमा निधन भएको थियो। उहाँको सम्झनामा छोरी सरिता धामीले सामाजिक कार्यमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आएकी छिन्।

सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका यस्ता सहयोग गमूलक कार्यलाई आगामीदिनमा पनि निरन्तरता दिने सरिता धामीले बताएकी छिन्।
प्रतिक्रिया जनाउनुहाेस्
























