बझाङ ।१८ ओैं गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल बझाङ शाखाले बिहीबार साँझ दीप प्रज्वलन तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा दीप प्रज्वलन गरेर गणतन्त्र मनाएकाे हाे । त्यसपछि वक्ताहरूले गणतन्त्र प्राप्तिका लागि सञ्चारकर्मीहरूको योगदान र गणतन्त्र प्राप्त पछि देश र नागरिकको अवस्था बारे आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रेस चौतारी बझाङका अध्यक्ष सुरेश धामीले गणतन्त्र संस्थागत गर्न प्रेसको भुमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रेस केवल सूचनाको माध्यम मात्र नभइ गणतन्त्रको चौथो आधारस्तम्भ रहेको समेत बताए ।
कार्यक्रमका प्रमुख अतिथि मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले गणतन्त्र प्राप्तिका लागि योगदान दिने ज्ञात अज्ञात सहिदहरू पर्ती श्रद्धासुमन व्यक्त गर्दै प्रेस र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए ।, उनले भने, ´स्थानीय तहमा सूचनाको हक सुनिश्चित गर्न प्रेसलाई अझै सशक्त बनाउनु आवश्यक छ।` प्रेसमार्फत विकास, शिक्षा र सुशासनका मुद्दाहरू उजागर हुन थालेको बताउदै गणतन्त्रको विकल्प अरु नरहेको बताए ।
त्यस्तै कार्यक्रमा बोल्दै अग्रज पत्रकार वसन्त प्रताप सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चारकर्मीहरूको ऐतिहासिक योगदान स्मरण गर्दै , भने , ´प्रेस स्वतन्त्रता कुण्ठित हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा हामी कहिल्यै भुल्नु हुँदैन।` उनले ग्रामीण भेगका सञ्चारकर्मीहरू अझै पनि स्रोत, पहुँच र सुरक्षाको अभावमा काम गरिरहेकाले उनीहरूको सशक्तीकरणमा राज्य र संस्थाले ध्यान दिनुपर्नेमा जोडदिएका छन् ।
त्यसैगरी, प्रेस चौतारी नेपालका नेता रमेश केसीले गणतन्त्र केवल व्यवस्था परिवर्तन नभएर चेतना परिवर्तन पनि भएकाे बताए । उनले भने, ´पत्रकारिता जनताको आवाज हो ।, प्रेस चौतारीले सधैं श्रमजिवी पत्रकारको पक्षमा बोल्दै आएको र अब पनि राष्ट्रिय तथा स्थानीय स्तरमा त्यसको अभियानलाई मजबुत बनाउने बताए ।

























