बझाङ – जिल्ला अस्पताल बझाङमा कार्यरत एम्बुलेन्स चालक नरेन्द्र बम एम्बुलेन्ससहित फरार भएका छन्। सिमखेतका एक स्थानीयवासीका अनुसार मंगलबार राति उनले अर्काकी श्रीमतीलाई एम्बुलेन्समा राखी लिएर फरार भएका हुन्।
जिल्ला अस्पताल बझाङका अनुसार चालक फरार भएपछि एम्बुलेन्स पनि हराएको थियो, जसका कारण अस्पतालमा गम्भीर बिरामीहरूलाई रेफर गर्न कठिनाइ भएको छ । एम्बुलेन्स नहुँदा आकस्मिक सेवा प्रभावित भएको र बिरामीहरू अन्यत्र लैजान समस्या परेको छ ।
तर पछिल्लो जानकारीअनुसार, मंगलबार राति हराएको उक्त एम्बुलेन्स अछाममा बेवारिसे अवस्थामा फेला परेको छ। जिल्ला अस्पताल बझाङको आधिकारिक फेसबुक पेजमार्फत एम्बुलेन्स अहिले सुरक्षा निकायको निगरानीमा रहेको पुष्टि गरिएको छ।घटनाबारे हाल थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्