बझाङकी एक महिला चरेशसहित कैलालीबाट पक्राउ

Image

धनगढीः बझाङकी एक महिला चरेशसहित कैलालीबाट पक्राउ परेकी छिन्।

कैलालीको गोदावरी नगरपालिका–९ बिजुलियाबाट बझाङको केदारस्यु गाउँपालिका घर भई हाल गोदावरी नगरपालिका–९ बिजुलिया बस्ने ४५ वर्षकी महिला गौरी गुरुधामी पक्राउ परेकी हुन्।

गुरुधामीलाई २५० ग्राम चरेशसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्