को हुन स्ववियु सभापति पदका उम्मेदवार कपिल बिष्ट ?

Image

बझाङ । सुनकुडा क्याम्पस स्ववियु सभापति पदका उम्मेदवार कपिल बिष्ट, बझाङको बित्थडचिर गाउँपालिका–७, डुम्राकोटमा जन्मिएका एक युवा नेता हुन्। सामाजिक परिवर्तन, शिक्षा, वातावरण, युवा सशक्तिकरण, र सार्वजनिक सेवामा उनको सक्रिय योगदान रहेको छ।

उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्, जसमा विश्व खाद्य मञ्च नेपाल, डुम्राकोट प्रगतिशील समाज, नेपाल रेडक्रस सोसाइटी, र विश्व स्वास्थ्य संगठन (WHO) नेपाल मा संलग्नता प्रमुख छन्।

स्ववियु सभापति उम्मेदवारको रूपमा कपिल बिष्टका १३ प्रमुख एजेन्डा

१. होस्टल स्थापना – टाढाबाट आउने विद्यार्थीका लागि सुरक्षित आवास।
२. सिपमूलक तालिम – कम्प्युटर, कृषि, व्यवसाय र पर्यटनमा तालिम।
३. स्ववियु छात्रवृत्ति कार्यक्रम – जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति।
४. लोकसेवा तयारी कक्षा – शिक्षक सेवा आयोग तथा लोकसेवा तयारी कक्षा।
५. पढ्दै कमाउँदै कार्यक्रम – विद्यार्थीलाई रोजगार तथा फ्रीलान्स अवसर।
६. डिजिटल शिक्षा प्रवर्द्धन – स्मार्ट क्याम्पस निर्माण, ई-लाइब्रेरी, अनलाइन कक्षा।
७. विद्यार्थी–व्यवस्थापन संवाद – त्रैमासिक छलफल तथा समस्या समाधान पहल।
८. चिनै बित्थड चिर अभियान – स्थानीय समाजसँगको सहकार्य र विकास योजना।
९. शिक्षा र सीप अभियान – व्यवहारिक तथा रोजगारमूलक शिक्षा प्रवर्द्धन।
१०. आइडिया बैंक स्थापना – सिर्जनात्मक सोच भएका विद्यार्थीलाई प्रोत्साहन।
११. शुल्क समायोजन पहल – उचित शुल्क संरचनाका लागि पहल।
१२. जनचेतना कार्यक्रम – पर्यावरण, स्वास्थ्य, महिला सशक्तीकरण अभियान।
१३. स्ववियु कप आयोजना – खेलकुद प्रतियोगिताहरू मार्फत विद्यार्थी सशक्तीकरण।

कपिल बिष्ट नेतृत्वको संयुक्त प्यानल अनेरास्ववियु, अनेरास्ववियू, र अखिल (क्रान्तिकारी) को साझा उम्मेदवार हो। उनी विद्यार्थीहरूको हक, हित, र क्याम्पसको समग्र विकासका लागि प्रतिबद्ध रहेको बताउँछन्।

प्रतिक्रिया जनाउनुहाेस्