मोडेल दशरथ जप्रेलको अभिनयमा ’मान्न्नि छौकि सौराई’ देउडा गीत सार्वजनिक

Image

बझाङ.।  घरेलु तथा साना उद्योग कार्यालय बझाङका सुचना अधिकारी तथा लोकप्रिय मोडेल दशरथ जप्रेलको उत्कृष्ट अभिनय रहेको नयाँ देउडा गीत ’मान्न्नि छौकि सौराई’ सार्वजनिक भएको छ।

यस गीतमा मौलिक देउडा लय, मनछुने शब्द तथा आकर्षक अभिनयको संयोजन गरिएको छ। परम्परागत देउडा भाकालाई आधुनिक संगीत संयोजनसहित प्रस्तुत गरिएको यस गीतमा मोडेल दशरथ जप्रेल, हिमा धामी, त्रिदेव जप्रेल, र मनिशा सिंहले जीवन्त अभिनय गरेका छन्। क्यामेरामा सुरज थापा,सम्पादकमा कमल थापा विवेक,र डाइरेक्टर सुरेश नेपाली रहेका छन ।

गीतमा आवाज गायक सुनिल नेपाली र रेखा जोशीको रहेको छ। गीतको भिडियोमा देउडा संस्कृतिको सुन्दर झल्को देख्न सकिन्छ, जसले सुदूरपश्चिम र कर्णाली क्षेत्रका संस्कृति प्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतको छायांकन दुर्गाथली गाउँपालिकाका विभिन्न सुन्दर स्थानहरूमा गरिएको छ, जसले स्थानीय सौन्दर्य र संस्कृतिलाई उजागर गर्ने प्रयास गरेको छ।

आज सोमबार, उक्त गीत गायक सुनिल नेपालीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यस गीतलाई युट्युब तथा अन्य डिजिटल प्लेटफर्ममार्फत हेर्न र सुन्न सकिनेछ। देउडा गीत–संगीतमा रुचि राख्नेहरूका लागि ’मान्न्नि छौकि सौराई’ एक अवश्य सुन्नुपर्ने गीत बन्ने अपेक्षा गरिएको छ।

गीतकाे भिडियाे हेर्न तथा सुन्न यहाँ क्लिक गर्नुहाेस् 

प्रतिक्रिया जनाउनुहाेस्