बुंगल–२ मा एमाले वडा कमिटीको अधिवेशन सम्पन्न, अध्यक्षमा धामी निर्वाचित

Image

बझाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बुंगल नगरपालिका–२ नं. वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रघुबिर धामी सर्वसम्मत रूपमा वडा कमिटी अध्यक्षमा चयन भएका छन्।

नवगठित कमिटीमा मन्वा धामी उपाध्यक्ष, लछिमन धामी सचिव, धन बहादुर जाग्री उपसचिव चयन भएका छन्। साथै, २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ। यस अधिवेशनले पार्टी संगठनलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै, नवनिर्वाचित अध्यक्ष रघुबिर धामीले कमिटीलाई सशक्त बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टीले गाउँस्तरबाट संगठन विस्तार गर्दै स्थानीय विकास, जनताको हकहित र राजनीतिक सशक्तीकरणलाई प्राथमिकता दिने बताएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन