नरेश बिष्ट- केदारस्युँ गाउँपालिका र प्रगतिशिल युवा समाजकाे सहकार्यमा आयोजित निःशुल्क आँखा सिविर आज वडा नं. ६, थापागाउँमा सम्पन्न भएको छ। सिविरमा ६३ जनाले आँखा जाँच गराएका छन्, जसमा ३५ जनालाई चस्माको आवश्यकता देखिएको छ भने ४ जनालाई शल्यक्रिया गर्नु पर्ने चिकित्सक उमा चौधरीले बताएकि छन्।
निशुल्क चस्मा आवश्यक भएकाहरुलाई केही दिनभित्र वितरण गरिनेछ। यसै कार्यक्रम अन्तर्गत भोलि वडा नं. ८, टुडिखेलमा अर्को आँखा सिविर सञ्चालन गरिनेछ। आयोजकहरूले सर्वसाधारणलाई सिविरमा सहभागी भई आफ्नो आँखा परीक्षण गराउन अनुरोध गरेका छन्।
प्रतिक्रिया जनाउनुहाेस्

























