केदारस्युँ गाउँपालिकामा सबल विश्व दृष्टिकोण सम्बन्धी तालिम सम्पन्न

Image

बझाङ –केदारस्यु गाउँपालिका वडा नं. ६ र ८ मा धार्मिक अगुवा द्वारा सबल विश्व दृष्टिकोण तथा पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत आयोजना गरिएको थियो।

कार्यक्रममा धार्मिक अगुवा, वडा अध्यक्ष, वडा सदस्यहरू तथा स्थानीय समुदायका एक वडामा करिब ६०–६५ जना सहभागी भएका थिए। साथै, अपांगता भएका व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा दलित सहयोग समाजका फिल्ड अफिसर किरण थापा र कल्पना नेपालीले सहजीकरण गरेका थिए। साथै, अभिमुखीकरण तालिम प्राप्त धार्मिक अगुवाहरूले आफ्ना अनुभव र सिकाइहरू साझा गरेका थिए।

वडा अध्यक्ष जय बहादुर धामीले कार्यक्रमको समापन गर्दै भने, “धार्मिक अगुवाहरू द्वारा प्रस्तुत सबल दृष्टिकोणले समावेशी समाज निर्माणमा योगदान पुर्याउनेछ। पोषण सम्बन्धी यो एकदिने कार्यक्रमले केदारस्यु गाउँपालिकाको दीगो विकास र समृद्धिको मार्गप्रशस्त गर्ने विश्वास लिएको छु।”
परियोजनाका फिल्ड अफिसर किरण थापाले कार्यक्रममा सहभागीहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन धार्मिक अगुवाहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्। संस्थाहरूले भविष्यमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्