नरेश बिष्ट – केदारस्युँ गाउँपालिकाले एकल महिलाहरूको जीवनयापन सहज बनाउन तथा आत्मनिर्भरता बढाउने उद्देश्यले “एकल महिलासँग उपाध्यक्ष कार्यक्रम” अन्तर्गत अचार बनाउने ७ दिने तालिम केदारस्युँ ५ पाउटामा सञ्चालन गरेको छ। तालिमको उद्घाटन वडा अध्यक्ष मोहन बहादुर ठगुन्नाले गर्नु भएको हो।
तालिम सानो डाँडामा रहेको एकल महिला समूहका ३० जना सदस्यहरूलाई लक्षित गरी आयोजना गरिएको छ। कार्यक्रम चाई बालकल्याण अधिकारी धनराम बोहराले संचालन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा वडा सदस्य किशोर बोहरा, महिला सदस्य लक्ष्मी देवी जोशी तथा प्रशिक्षक अस्मिता सिंह पनि सहभागी हुनु भएको थियो।तालिमका लागि आवश्यक कच्चा पदार्थ चाहिँ सहभागी महिलाहरू बाट नै जुटाइनेछ भने बजारबाट मात्र आवश्यक सामग्री खरिद गरिनेछ। साथै, तालिम पश्चात गाउँपालिकाले उत्पादन भएको अचारको बजार व्यवस्थापनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बालकल्याण अधिकारी धनराम बोहराका अनुसार, यो तालिम एकल महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन तथा उद्यमशीलता विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। तालिमपछि उनीहरूले उत्पादन गरेको अचार गाउँपालिका र स्थानीय बजार मार्फत बिक्री बितरण गरिनेछ।यस तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक अवस्था सुधार्न टेवा पुग्ने अपेक्षा समेत गरिएको छ।

























