केदारस्युँ – २ कोटिगाउँमा गडौँला मल उत्पादन सुरु, किसानहरू उत्साहित

Image

बझाङ – केदारस्युँ गाउँपालिका २ काेटिगाउमा गडाैँला मल उत्पादन सुरु गरिएकाे छ । दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा जैविक खेती प्रवर्द्धन र माटोको उर्वराशक्ति सुधार गर्न कोटिगाउँमा गडौँला मल उत्पादन सुरु गरिएको हाे।

कृषि ज्ञान केन्द्र प्रमुख खेम राज पनेरुका अनुसार कम्पोस्टले माटोको उर्वराशक्ति बढाउने, उत्पादन वृद्धि गर्ने र रासायनिक मलको निर्भरता घटाउने गर्दछ। यो प्रविधि किसानहरूका लागि सस्तो, वातावरणियमैत्री र प्रभावकारी भएकाले पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ। भर्मी कम्पोस्ट प्रविधिले किसानहरूको कृषि उत्पादनमा उल्लेखनीय सुधार ल्याउने र यो दीर्घकालीन रूपमा दिगो कृषि विकासका लागि महत्त्वपूर्ण रहेकाे परियोजना संयोजक रमेश बहादुर मालीले बताउनुभयाे ।साेहि क्रममा स्थानियहरु यसकाेबारेमा आफुहरुलाई थाहा नभएकाे र अब बाट आफुहरुले नि यस्तै तरीकाले मल बनाउने बताउछन ।
जैविक उत्पादनको माग बढ्दै गइरहेकाले भर्मी कम्पोस्ट प्रविधिले नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा समेत परियोजनाले गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन