बझाङ – शुक्रबार डुम्राकोट प्रगतिशील समाज (डिपीएस) द्वारा आयोजित खुला अन्तर–बिद्यालय हाजिरी जवाफ प्रतियोगितामा सुनिपिपल चौर माध्यामिक विध्यालय (सुवेडा) प्रथम भएको छ । सुनकुडा नमुना माध्यामिक विध्यालयमा भएको हाजिरी जवाफ प्रतियोगितामा वित्थडचिर गाउँपालिका, केदारस्युँ गाउँपालिका, बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिकाका ९ वटा विध्यालय सहभागी भएका थिए ।
यस्तै दोस्रो शिक्षोदय माध्यामिक विध्यालय बागथला, तेस्रो देवेशोरी माध्यामिक विध्यालय देउलेख र सुनकुडा नमुना माध्यामिक विध्यालय सुनकुडा शान्तवना भएका छन् । योसंगै प्रथम हुने सुनिपिपल चौर माध्यामिक विध्यालयले ७ हजार नगद सहित मेडल, प्रमाणपत्र र ब्रिजकोर्ष अध्यनका लागि १०० प्रतिशत छुट पाएको छ । त्यस्तै दोस्रो स्थान हासिल गर्ने शिक्षोदय माध्यामिक विध्यालय बागथलाले ४ हजार नगद सहित मेडल, प्रमाणपत्र र ब्रिजकोर्ष अध्यनका लागि ६० प्रतिशत छुट पाएको छ । तेस्रो स्थान हासिल गर्ने देवेशोरी माध्यामिक विध्यालय देउलेखले २ हजार नगद सहित मेडल, प्रमाणपत्र र ब्रिजकोर्ष अध्यनका लागि ४०प्रतिशत छुट पाएको छ । र सान्त्वना स्थान हासिल गरेको सुनकुडा नमुना माध्यामिक विध्यालय सुनकुडाले १ हजार नगद सहित मेडल, प्रमाणपत्र र ब्रिजकोर्ष अध्यनका लागि २० प्रतिशत छुट पाएको डिपीएस नेपालका अध्यक्ष कपिल विष्टले बताए ।उक्त कार्यक्रमको अध्यक्षता डुम्राकोट प्रगतिशील समाज (DPS Nepal) का कार्यक्रम संयोजक मदन बिष्ट ज्युले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा बित्थड चिर गाउँ पालिकाका संस्थापक उपाध्यक्ष जानकी बोहरा र बिशिष्ट अतिथिहरूको रूपमा बित्थडचिर गाउँपालिका वडा नं ७ का अध्यक्ष दिनेश अधिकारी, वडा नं ८ का अध्यक्ष सुशील अधिकारी, वडा नं ९ का अध्यक्ष हरिचन्द्र जोशी, सुनकुडा नमुना म.वि. का प्रधानाध्यापक मदन बम, बित्थडचिर गाउँपालिका का नि.प्रमुख प्रसशकिय अधिकारी रमेश बिष्ट, र शिक्षा शाखा प्रमुख नरेन्द्र धामी लगायतका प्रमुख व्यक्तित्वहरूकाे उपस्थिती रहेकाे थियाे ।
बिशिष्ट अतिथि सुशील अधिकारीले याे क्लबले नयाँ यात्रा सुरू गरेको र युवाहरूलाई प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रमको महत्त्वलाई बताएका थिए। उनले भने, “यस प्रतियोगिताले न केवल विद्यार्थीलाइ सृजनात्मक सोचको विकास गराएको छ, बरु नयाँ सोच र योजनाको सुरुआत पनि गरेको छ।” दिनेश अधिकारीले कार्यक्रमको महत्त्वलाई जनाउँदै भने, “DPS Nepal ले यस कार्यक्रममार्फत स्थानीय सरकारलाई एक महत्वपूर्ण पाठ सिकाएको छ। यो कार्यक्रम शिक्षा क्षेत्रमा एक नयाँ क्रान्तिको सुरुआत हो, जसले भविष्यमा समाजमा सकारात्मक परिवर्तन ल्याउनेछ।”प्रमुख अतिथि जानकी बोहरा ले DPS Nepal लाई विशेष धन्यवाद दिँदै, DPS Nepal ले शिक्षामा नयाँ जागरण ल्याएको छ। यसले शिक्षा क्षेत्रमा धेरै नयाँ अवसरहरू सिर्जना गरेको छ। साथै, यस ठाउँमा जन्मेका राष्ट्रिय भलिबल खेलाडीलाई सम्मान गर्दै DPS Nepal ले समाजमा प्रेरणा पुर्याएको छ।
DPS Nepal का अध्यक्ष कपिल बिष्ट सरकार ले “शिक्षा क्षेत्रको उत्थानका लागि यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण थियो भन्नु भयो। हामीले यो कार्यक्रम मार्फत शिक्षा र खेलकुदको मिलन देख्न पायौं। अब स्थानीय सरकारले पनि शिक्षा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने कुरा मलाई विश्वास छ।”
कार्यक्रमको समापनमा पुरस्कार वितरण समारोह पनि सम्पन्न भएको थियो, जसमा विभिन्न पुरस्कार र मेडलहरू वितरण गरिएका थिए।

























