स्थानीय तह संस्थागत क्षमता मूल्यांकनमा बुंगल नगरपालिका सबैभन्दा कमजोर

Image

बझाङ। नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत जिल्ला समन्वय समिति कार्यालय, चैनपुर बझाङले बझाङ जिल्लाका स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन(LISA)को गुणस्तर परीक्षणपूर्वको नतिजा सार्वजनिक गरेको छ।

स्थानीय तहको कार्यप्रकृया, उपलब्धी तथा विकासका कमजोर पक्षहरुको पहिचान गर्दै सुधारका लागि लिइने यो स्वमूल्याङ्कनका आधारमा बझाङ जिल्लाका विभिन्न स्थानीय तहहरुले फरक(फरक प्राप्ताङ्क हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार केदारस्यूँ गाउँपालिका ८३.५० अङ्कसहित अग्रस्थानमा रहेको छ भने छबिसपाथिभेरा गाउँपालिका ८३.२५ अङ्कसहित दोस्रो स्थानमा छ।

यस्तै, मष्टा गाउँपालिकाले ८२.२५, बित्थडचिर गाउँपालिकाले ७६.२५, जयपृथ्वी नगरपालिकाले ७२.५०, सुर्मा गाउँपालिकाले ७१.५०, थलारा गाउँपालिकाले ७१.२५, दुर्गाथली गाउँपालिकाले ७१.२५, काँडा गाउँपालिकाले ७०.२५, खप्तडछान्ना गाउँपालिकाले ६९.७५, तलकोट गाउँपालिकाले ६८.५० र बुंगल नगरपालिकाले ६७.२५ अङ्क प्राप्त गरेका छन्।

स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै प्रतिस्पर्धात्मक सुधारका लागि प्रेरित गर्ने उद्देश्यले लागू गरिएको (LISA) प्रणालीको विस्तृत नतिजा सार्वजनिक भएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन