प्रशान्त बोहरा – हरिश्चन्द्र आधारभूत विद्यालय बुंगल नगरपालिका १ गोईचनले ४८ ओैँ वार्षिकोत्सव मनाएको छ । आज हरिश्चन्द्र आधारभूत विद्यालय बुंगल नगरपालिका १ गोईचनले विभिन्न संस्कृतिक कार्यक्रम गरि ४८ ओैँ वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा सभा अध्यक्ष हरिश्चन्द्र आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश बोहराले रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभामुख भिम भण्डारी रहनु भएको थियो । विशिष्ट अतिथिमा बुंगल नगरपालिका नगर प्रमुख जय बहादुर धामी त्यस्तै नगरपालिका उप प्रमुख धन बहादुर बोहरा , वडा नम्बर १ का अध्यक्ष कस्वा बोहरा लगाएत नगरपालिकाका कार्यसमिति सदस्य निर्मला जोशी रहनूभएको थियो ।विद्यालयको वार्षिकोत्सव कार्यक्रममा २०८०/८१ को वार्षिक प्रतिवेदन हरिश्चन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक राम बहादुर बोहराले सार्वजनिक गर्दै । उक्त विद्यालयमा विद्यालय भवन तथा खेल मैनाको समस्या रहेको बताए । साथै विद्यालयको भवन निर्माण र खेलमैदान को लागि सभामुख लाई ज्ञापनपत्र समेत बुझाएका छन् । २०८० साल परिक्षामा प्रथम , द्वितिय र तिर्तिय भएका विद्यार्थीहरु लाई पुरुस्कार वितरण गरेको हरिश्चन्द्र आधारभूत विद्यालयमा कार्यरत शिक्षक लक्ष्मण धामीले बताउनुभयो ।
हरिश्चन्द्र आधारभूत विद्यालय बुंगल नगरपालिका १ गोईचनको ४८ ओैँ वार्षिकोत्सव सम्पन्न

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन
