प्रेस चौतारी बझाङमा नयाँ नेतृत्व- सुरेश धामी बने अध्यक्ष

Image

बझाङ । प्रेस चौतारी नेपाल बझाङ शाखाको नयाँ कार्यसमिति चयन भएको छ । सम्पन्न निर्वाचनबाट सुरेश धामी अध्यक्षमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष (खुल्ला) कर्ण धामी, उपाध्यक्ष (समावेशी) अन्तिमा खड्का, सचिव वचनराज जोशी, सहसचिव सुरेन्द्रबहादुर खत्री, सहसचिव सपना खाती, कोषाध्यक्ष समी खत्री रहेका छन् । त्यस्तै, सदस्यहरूमा सिजन थापा, पुतली कुमारी ऐडी, सावित्री रोकाया, र शान्ति धामी चयन भएका छन् ।

यसैगरी, केन्द्रीय प्रतिनिधिका रूपमा भुवनबहादुर सिंह र सन्जिता धामी चयन भएका छन् भने प्रदेश महाधिवेशन प्रतिनिधि लक्ष्मी धामी र दिपकराज जोशी निर्वाचित भएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्