जयपृथ्वी नगरपालिकामा गरीबी निवारणका लागि ७ दिने अचार बनाउने तालिम सञ्चालन 

Image

बझाङ – बझाङको जयपृथ्वी नगरपालिकामा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA)अन्तर्गत ७ दिने अचार बनाउने तालिम सञ्चालन सुरू भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा जयपृथ्वी नगरपालिका बझाङद्वारा आयोजित यो तालिम माघ ६ गते आइतबार आजबाट सुरू भइ माघ १३ गते समापन हुने भएको छ ।
कार्यक्रमको उद्घाटन समारोहमा जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले तालिमले समुदायलाई स्वरोजगार सिर्जना गर्न र गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सीपमूलक तालिमहरूमार्फत स्थानीय उत्पादनलाई व्यवसायिक रूपमा विकास गर्न आवश्यकता रहेको बताउनुभयो।
यस अवसरमा जयपृथ्वी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले तालिमको माध्यमबाट महिला र युवाहरूलाई आयआर्जनका लागि प्रेरित गर्न सकिने बताउनुभयो। उहाँले नगरपालिकाले यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिमकी प्रशिक्षक अस्मिता सिंहले सहभागीहरूलाई अचार बनाउने प्रक्रिया मात्र होइन, यसको व्यावसायिक प्रबर्द्धनका लागि आवश्यक ज्ञानसमेत प्रदान गरिने जानकारी दिनुभयो।
तालिमको उद्देश्य स्थानीय युवाहरू र महिलाहरूलाई सशक्त बनाउँदै आर्थिक सबलीकरणमा योगदान पुर्याउने र सहभागीहरूले घरमै अचार उत्पादन गरी व्यवसायिक रूपमै अघि बढ्न सक्ने अपेक्षा गरिएको नगरपालिकाले बताएको छ । तालिममा जयपृथ्वी नगरपालिका भित्रका ३० जना सहभागी रहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन