बझाङ-प्रेस चौतारी नेपाल बझाङ शाखाको आज बसेको बैठकले संगठनको केन्द्रीय सर्कुलर अनुसार माघ २२ गते मंगलबार जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले अधिवेशनका लागि प्रतिवेदन तयार पार्न र प्रस्तुत गर्ने जिम्मेवारी उपाध्यक्ष भुवन सिंह र सचिव रिदम सिंहलाई दिएको छ।
अधिवेशनका लागि आवश्यक आर्थिक व्यवस्थापन गर्न कर्ण धामीको संयोजगत्वमा बचन जोशी, सत्यराज सिंह, र सुरेन्द्र खत्री सदस्य रहने गरी आर्थिक संकलन समिति गठन गरिएको छ। अधिवेशनको व्यवस्थापनका लागि प्रताव ओलीलाई संयोजक तोकिएको छ।
त्यसैगरी, अधिवेशनको प्रचारप्रसार र पत्राचारको जिम्मेवारी उपाध्यक्ष भुवन सिंहलाई दिइएको छ।अधिवेशनको एक हप्ता अगावै सदस्यता नवीकरण र नयाँ सदस्य वितरण गरिसक्ने निर्णय पनि गरेको प्रेसचौतारी नेपालका सदस्य सत्यराज सिंहले बताए । जिल्ला अधिवेशन सम्पन्न गर्न उपाध्यक्ष सिंहको संयोजकत्वमा मूल आयोजक कमिटि पनि गठन गरेको छ । उक्त कमिटिमा जिल्ला कमिटीका सबै पदाधिकारी र सदस्य रहेका छन् भने आवश्यकताअनुसार थप्नसक्ने निर्णय गरिएको छ ।