महादेव माध्यामिक विद्यालय अठपालीकाे ५९ औँ बार्षिकोत्सव भव्यताका साथ सम्पन्न ।

Image

बझाङ – बझाङको महादेव माध्यामिक विद्यालय अठपालीकाे ५९ औँ बार्षिकोत्सव तथा अविभावक दिवस सम्पन्न भएकाे छ । जिल्लाको बुङ्गल नगरपालिका— ७ स्थित महादेव माध्यमिक बिद्यालयकले ५८ बसन्त पार गरेर ५९ औं वर्षमा प्रवेश गरेको खुसियालिमा बिभिन्न साँस्कृतिक कार्यक्रम गरेर ५९ औँ बार्षिकोत्सव तथा अविभावक दिवस आज सोमबार भव्यताका साथ सम्पन्न भएकाे हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जंग बहादुर बोहराको सभाध्यक्षता तथा बुङ्गल नगरपालिकाका नगर उप प्रमुख धन बहादुर बोहरा प्रमुख आतिथित्तामा उक्त कार्यक्रम सम्पन्न गरिएकाे छ । विशिष्ट अतिथिमा बुंगल नगरपालिका ७ का वडा अध्यक्ष टंक प्रशाद जोशी , बुंगल नगरपालिका ८ का वडा अध्यक्ष लोकेन्द्र बहादुर जाग्री रहनुभएकाे थियो ।आज भएको कार्यक्रममा विद्यालयका संस्थापकहरुले सरस्वती माताको तस्बिरमा माल्यार्पण गर्दै विभिन्न साँस्कृतिक कार्यक्रम गरेर ५९औँ वार्षिकोउत्सव सम्पन्न भएको विद्यालयका शिक्षक कृष्ण बहादुर बोहराले जानकारी दिए । यस्तै वार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक सुर्य बहादुर रानाले आय व्य सहितको विद्यालयको बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका छन् ।

नगर उप प्रमुखले गुणस्तरीय शिक्षा प्रदान गरी नमुना विद्यालय बनाउनु तर्फ जोड दिनुपर्ने बताउदै विद्यालयको विकासका लागि आफ्नो तह र तर्फवाट सकारात्मक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । वार्षिकोत्सव कार्यक्रमका अवसरमा संञ्चालन गरेका विभिन्न कार्यक्रम तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिजेता भएका र विद्यालयका उत्कृष्ट गरिब ,जेहेन्दार बिद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको प्रधानाध्यापक रानाले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्