बझाङ – बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन जयपृथ्वी नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई १० थान ह्विल हस्तान्तरण गरेको छ। नगरपालिकाका अनुसार, जथाभावी सवारी साधन पार्किङलाई निरुत्साहित गर्दै ट्राफिक व्यवस्थामा सुधार ल्याउने उद्देश्यले आज आइतबार ह्विल लक प्रदान गरिएको हो।
जयपृथ्वी नगरपालिकाका प्रमुख पदाधिकारीहरूले ट्राफिक व्यवस्थापनलाई आधुनिक र सुव्यवस्थित बनाउन यस्ता उपकरण आवश्यक रहेको बताएका छन्। नगरपालिकाले ह्विल लक हस्तान्तरण गर्दै सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माणका लागि ट्राफिक प्रहरीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुखले जयपृथ्वी नगरपालिकालाई धन्यवाद दिंदै, ह्विल लकको प्रयोगले चैनपुर बजार क्षेत्रमा सवारी पार्किङ अनुशासन कायम गर्ने र ट्राफिक नियम उल्लङ्घन रोक्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।
























