बझाङ । जिल्लाको बुंगल नगरपालिका ५ मा आज एक कार्यक्रम गरी अपांगता दिवस मनाएको छ । अन्तराष्ट्रि अपांगता दिवस मंसिर १८ मा मनाइने भएपनि केही कारण बस उक्तदिन मनाउन नपाइएकोले आज मनाइएको हो । युएमएन/ एमडीटीको आर्थिक सहयोग ,दलित सहयोग समाजको आयोजनामा तथा बुंगल नगरपालिका ५ को समन्वयमा विभिन्न कार्यक्रम गरी आज २३ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाइएको छ ।
बुंगल नगरपालिका ५ कि वडा सदस्य मन्धरी बिकको अध्यक्षतामा तथा अपांग संघ बुंगल नरपालिकाका सचिव जगत नाथको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विभिन्न प्ले कार्ड सहित अपांगको हकहितका लागि नाराजुलस लगाएत विभिन्न सचेतनामुलक कार्यक्रम गरिएको थियो । साथै कार्यक्रममा पूर्ण अपांगता भएका २ जना व्यक्तिहरुलाई बल्याङ्केट वितरण पनि गरीएको दलित सहयोग समाजमका परिचालक नरेश धामीले बताउनुभयो ।कार्यक्रममा विभन्न अपागंता भएका व्यक्ति लगाएत मिहेनिती महिला कृर्षक समुहका सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।