आर्थिक अभावले दुबै मृगौला पीडित बुङ्गलकि दुर्गाको उपचारमा समस्या,सहयोगको अपिल

Image

बझाङ । आर्थिक अभावका कारण बुङ्गल नगरपालिकाकि मृगौला पिडित एक महिलाको उपचारमा समस्या भएको छ । घरायसी आर्थिका अवस्था कमजोर हुदाँ दुबै मृगौला पीडित बुंगल नगरपालिकाको वडा नम्बर २ बासँ बस्ने ५८ बर्षिया दुर्गा देवि धामीको उपचारमा समस्या भएको हो ।

बिगत तिन महिना दुबै मृगौला फेल भएकी धामी हाल धनगढी स्थित नवजिवन अस्पतालमा उपचाररत हुनुहुन्छ । नवजिबन अस्पतालमा डाइलासिस गराइरहेकी उहाँको उपचारमा अहिले सम्म ७ लाख भन्दा बढी खर्च भएको र अहिले पैसाको अभावमा उपचार गराउन समस्या भएको उहाँका छोरा नविन धामीले बताउनुभयो । परिवारको कमजोर आर्थिक अवस्थाले थप उपचार सम्भव नभएको हुँदा, सबै सहयोगी मनहरुलाई सक्दो सहयोग गरिदिन पनि अपिल गरिएको छ । सहयोग गर्न चाहनुहुनेहरुले उहाँका छोरा नविन धामीको नाममा कृषि विकास बैंकमा रहेको खाता नम्बर ०८२६५०२०२३२६२०१२मा जम्मा गरीदिन अपिल गरीएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन