आँखाको मोतिबिन्दु क्यान्सर भएका प्रदिपकाे आर्थिक अभावका कारण उपचारमा समस्या

Image

बझाङ । आर्थिक अभावका कारण आँखाको मोतिबिन्दुको क्यान्सर भएका बुंगल नगरपाकिकाका ईश्वर बोहराका छाेरा प्रिदप बाेहराकाे उपचारमा समस्या भएको छ । जिल्लाको बुंगल नगरपालिका ७ घर भएका ९ बर्षिय प्रिदप बोहराको मोतिबिन्दुको क्यान्सर भएर अहिले कान्ति वालहस्पिटल काठमाडौंमा उपचाररत हुनुहुन्छ । घरायसी आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएकोले सबैलाई सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

यस अघि उहाँलाई धनगढी आँखा अस्पतालले काठमाडौं तिलगंगा हस्पिटलमा रिफर गरेको थियो । त्यहाँबाट कान्ति वालहस्पिटलमा रिफर गरेको र त्यहाँ लामो समयसम्म बस्नु पर्ने भएका कारण उपचार गर्दा आर्थिक अभाव भएर उपचारमा समस्या भएका कारण देश तथा विदेशमा रहेका सबै सहयोगिहरुलाई सहयोग गरिदिन समेत अपिल गरिएको छ ।

सहयोग गर्न चाहनेहरुले लागि सम्पर्क हरिश बोहराको सम्पर्क नम्बर ७०२२२४१९२४ र नेपालको लागि बिरेन्द्र बोहराको कृषि विकास बैंकमा रहेको खाता नं ४३००१००००४३६६१०४ मा जम्मा गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन