बझाङ । बुंगल नगरपालिकाले वडामै पुगेर योजना सम्झौताको कामगर्ने भएको छ । वडा कार्यालय तथा बुंगल नगरपालिकाको कार्यालय बाट आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित रकमले कार्यान्वयनमा आउने सम्पुर्ण योजनाको सम्झौता वडा कार्यालयमै पुगेर गर्नलागिएको हो ।
यो प्रावधानले सबै योजनाका लागि नगरपालिकाको केन्द्रमा धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । बुंगल नगरपालिका बाट मंसिर २० गते देखी निरन्तर सम्झौताका लागि कार्यालय प्रमुख सहित प्राविधिकको टोली सबै वडा कार्यालयमा खटेका छन् । योजना कार्यान्वयन गर्न गठित उपभोक्ता समितिलाई सहज बनाउन र कम खर्चिलो बनाउन वडामै पुगेर वडागत योजना सम्झौता गर्न थालिएको बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुवंरले बताउनुभयो । उहाँले ‘योजना सम्झौता सँगै उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयनका सवालमा अनुशिक्षणसमेत गर्न लागिएको बताउनुभयो ।
वडाबाटै योजना सम्झौता कार्य यहि मङ्सिर २० गते वडा नम्बर ७ अठपालि बाट सुरुवातभई पौष १ गते वडा नं ४ र ५ को लागी नगरपालिका कार्यालय हाटकोटमा योजनाको सम्झौता गरिन लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुवंरले बताउनुभयो ।, वडा कार्यलयमै योजना सम्झौता हुनेभएपछि उपभोक्ता समितिका पदाधिकारी लगाएत सबैलाई सहज भएको छ ।