बुङ्गल ; बुङ्गल नगरपालिकाको १४ औ विशेष अधिवेशन बाट महत्वपूर्ण विभिन्न ऐन र कार्यबिधी पारित भएका छन् । आईतबार नगरपालिकाको सभाहलमा भएको अधिवेशन बाट ९ वटा विभिन्न ऐन र कार्यबिधी पास गरिएको हो । अधिवेशन नगरपालिकाको बेरुजु घटाउनका लागि महालेखा परिक्षकको कार्यालयले औंल्याएको बेरुजु फछ्यौट ,अनियमित बेरुजु नियमित गर्ने ,संसोधित बेरुजु, प्रमाण पेश गर्ने बेरुजु लगायत असुल उपर बेरुजु दाखिला गराउने लगाएतका बिषयमा पनि निर्णय पारित गरिएको छ ।
विशेष अधिवेसन बाट बिपद् जोखिम न्यनिकरण तथा स्वास्थ्य उपचार राहत सम्बन्धी ऐन २०८१ , वन ऐन २०८१, उपभोक्ता संरक्षण तथा बजार अनुगमन ऐन २०८१,व्यबसाय दर्ता तथा नबिकरण कार्यविधी २०८१, नगर प्रहरी सेवा संचालन कार्यविधी २०८१, कृषि संकलन केन्द्र संचालन तथा व्यबस्थापन कार्यविधी २०८१, र बुङ्गल नगरकार्यपालिकाको स्काइभेटर र जेसिवी संचालन तथा व्यवस्थापन कार्यविधी २०८१ पस गरिएका छन् । त्यस्तै महिला समूह, महिला समिती तथा निगरानी समुह गठन दर्ता,संचालन एवम ब्यबस्थापन गर्न बनेको कार्यविधी २०८१, र बुङ्गल नगरपालिकामा मेलमिलाप केन्द्र संचालन कार्यविधी २०८१ सम्बन्धमा छलफल तथा कार्यविधी नगरसभा बाट पास गरिएको बुंगल नगरपाकिलाकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुंवरले बताउनु भएको छ ।
साथै २०७४ देखि हाल सम्म माहालेखा परिक्षणको प्रतिवेदन अनुसार अनियमित बेरुजु नियमित गर्ने,सैद्धान्तिक बेरुजु हटाउने ,प्रमाण पेस गर्ने बेरुजु ,असुल उपर गर्ने बेरुजु ,संचित कोष फिर्ता गर्ने , धरौटी रकम ,कर्मचारी संचय कोष सम्बन्धमा र आर्थिक पक्षमा देखियको कमजोर पक्षलाइ हटाउने सम्बधमा पनि नगर विशेष अधिवेशनमा छलफल गरिएको उहाँले बताउनु भयो । १४ औ विशेष अधिवेशनले बुङ्गल नगरपालिकामा बिगतका वर्षमा देखिएका आर्थिक प्रशासनिक बिकासमा र सुसासनमा भएका कमिकमजोरी सुधार गरी शसक्त सक्षम र सबल नगरपालिका बनाउने अपेक्ष गरिएको बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले बताउनुभयो ।
























