बझाङ ; बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई बुङ्गल सेवा समाजले आर्थिक सहयोग गरेको छ । बुङ्गल सेवा समाजका सदस्यहरुले संकलन गरी टुमेडागाउँमा पहिरोमा परी ज्यान गुमाएका विर बहादुर धामी(बिरा)को परिवारलाई शनिबार २२ हजार आर्थिक सहयोग गर्नुभएको हो ।
गत भाद्र २ गतेको अविरल वर्षासँगै बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको थियो । ४ जना परिवारका सदस्यहरुको पहिरोमा पुरिएर मृत्यु भएको र अन्य परिवारका सदस्यहरू घाईते भएका थिए । समस्यामा दिन विताई रहेको अवस्थामा “सेवा नै धर्म हो “ भन्ने भावनाका साथ पीडित परिवारको घाउमा मलम लगाउने प्रयास स्वरुप थोरै आर्थिक सहयोग गरीएको बुंगल सेवा समाजले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्