रत्न माध्यमिक विद्यालय खोल्लेकमा साइबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरियो ।

Image

बझाङ । बुंगल नगरपालिका ३ स्थित रत्न मध्यामिक विद्यालय खोल्लेकमा साइबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । साइबर अपराध सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्नका लागि भन्दै आज बिहीबार अस्थिायी प्रहरी पोष्ट बिजगडाको आयोजनामा साइबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरीएको हो ।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक कृष्णराज भट्टले साइबार अपराध , कानुनी व्यवस्था लगायत साइबर अपराध घट्नाबाट जोगिन अपनाउनु पर्ने तरिका, त्यसका फाईदा तथा बेफाईदा र कानुनी प्रावधानका बारेमा सचेतनामूलक प्रशिक्षण प्रदान गरेका गर्नुभएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम बहादुर विश्वकर्मा लगाएत उक्त विद्यायमा अध्यनरत कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । अब प्रहरीले नगरपालिकाका भित्रका सबै माध्यामिक विद्यालयहरुमा र केदारस्युँको ७ मा रहेका माध्यामिक विद्यालयमा पनि यस्ता कार्यक्रम गरीने अस्थिायी प्रहरी पोष्ट बिजगडाका प्रहरी सहायक निरीक्षक कृष्णराज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन