बझाङ। कलांगा हाइड्रो प्रालि बझाङका प्रशासन तथा लेखा अधिकृत हरिचन्द्र जोशीले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री र फलफूल वितरण गर्नुभएको छ । बुंगल नगरपालिका–४, तम्तोली घर भएका जोशीले आज आइतबार बुंगल नगरपालिका–६, झापा स्थित अनाथालयमा रहेका १३ जना बालबालिकालाई कापी, कलमजस्ता शैक्षिक सामग्री र फलफूल प्रदान गर्नुभएको हो।
शिक्षा र पोषणमा सहयोग पु¥याउने उद्देश्यले गरिएको यो कार्यमा जोशीले बालबालिकासँग समय बिताउँदै आफ्नो जन्मउत्सव हर्षोल्लासका साथ मनाउनुभएको छ। बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उहाँले समाजसेवाका यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। इो कदमले अनाथ बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पर्ने र समाजका अन्य व्यक्तिलाई पनि यस्तै परोपकारी कार्य गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्
























