सपना खाती,बझाङ ।
केदारस्युँ गाउँपालीका ८ मा हजारदिने आमाहरू लाई लक्षित गरी पोषण र स्तनपान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत आज केदास्युँ गाउँपालीका वडा नं ८गण्डकीमा हजारदिने आमाहरू लाई लक्षित गरी पोषण र स्तनपान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको उदेश्य गर्भावस्था र स्तनपान को समयमा पोषणको महत्व के कति हुन्छ भन्ने ज्ञान अभिवृद्धि गर्ने ,पहिलो छ महिनाका लागि केवल स्तनपान प्रवर्द्धन गर्न,आमा र बच्चाको स्वास्थ्यका लागि सुचित निर्णय गर्न सक्षम बनाउन आदि यस कार्यक्रमको उदेश्य रहेको बताइएको छ । यस्तै तालिमका मुख्य विषयवस्तुहरूमा
हजारदिने गर्भधारणदेखि बच्चाको दोस्रो जन्मदिनसम्मको समयलाई जीवनको आधारस्तम्भका रूपमा चर्चा गरिएको थियो ।यो अवधिमा उचित पोषणले आमा र बच्चा दुवैको स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्छ।गर्भावस्थामा पोषणको महत्त्व फलाम, क्याल्सियम, प्रोटिन, फोलिक एसिड, र ओमेगा(३ फ्याटी एसिडजस्ता पोषक तत्वका आवश्यकता ,सागपात, दाल, माछा, र दुग्धजन्य पदार्थ खानुपर्ने को बारेमा सुझाव दिनु भएको थियो । साथै बजारमा पाइने जङ्क फूड जस्ता खानेकुराबाट बच्न र प्रशस्त पानी पिउन समेत प्रेरणा दिनु भएको थियो।
स्तनपान ६ महिनासम्म केवल स्तनपान गराउनु पर्छ जसले बच्चाको रोग प्रतिरोधात्मक क्षमता र मस्तिष्क विकासमा महत्त्वपूर्ण योगदान दिन्छ।आमाका लागि सुत्केरीपछिको छिटो पुनःस्थापना र रोगको जोखिम घटाउने , स्तन क्यान्सर बाट पनि बचाउन स्तनपान गराउनु पर्दछ भनेर हजारदिनका महिलाहरूलाई जानकारी गराइएको थियो । परिवारका सदस्यहरूलाई, विशेषगरी बुबा र हजुरआमालाई, आमाहरूको सहयोगमा संलग्न गराई हजारदिने महिलाहरू र स्वास्थ्य संस्था बीच सम्बन्ध सुदृढ गर्न टेवा पुर्याएको बताउनु भएको छ । उक्त कार्यक्रममा सहभागी भएकी तुला देबि जोशिले सामुदायिक सचेतना कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दा समुदाएमा सकारात्मक सोचको बिकास हुने पनि बताउनु भएको थियो । उक्त कार्यक्रमले सहभागी महिलाहरूमा पोषण र स्तनपानसम्बन्धी ज्ञान अभिवृद्धि गराएको बताइएको छ ।समुदायमा स्वस्थ आहार र स्तनपान अभ्यासको सुधारमा टेवा पुर्याएको छ।महिलाहरूमा उचित निर्णय लिने क्षमताको विकास पनि भएको बताईएको छ। दलित सहयोग समाजले आयोजना मा सञ्चालन भएको कार्यक्रम दलित सहयोग समाजका सामाजिक परिचालक सुरेश नेपाली र सहजकर्ता सुरेश जैशीले सञ्चालन गर्नुभएको थियो।
केदारस्युँ गाउँपालीका ८ मा हजारदिने आमाहरू लाई लक्षित गरी पोषण र स्तनपान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन