बुङ्गल नगरपालिकाका भुकम्प प्रभावितले अस्थायी आवास निर्माणको दोस्रो किस्ता रकम अझै पाएनन्

Image

बझाङ । जिल्ला प्रसासन कार्यालयकमा बसेको जिल्ला विपत व्यवस्थापन समितीको महत्त्वपूर्ण निर्णय पारित गरेको छ । उक्त बैठकले  विगतमा जिल्ला विषद् व्यवस्थापन समितिको बैठकले गरेका निर्णयहरुको विश्लेषण एवं समिक्षा गरी विपद सम्बन्धि महत्वपुर्ण निर्णय गरेको हो ।

२०८० असोज १६ र २० गते गएको भूकम्पले प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण गर्ने सम्वन्धमा भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० बमोजिम यस जिल्लाको बुङ्गल नगरपालिकामा हालसम्म दोश्रो किस्ता अनुदान निकासा नभएको हुँदा कार्यविधि बमोजिम आवश्यक प्रकिया पुरा गर्नुका साथै स्थानीय विपद् व्यवस्थापन समिति (एलडीएमसी) बाट पहिचान भई कायम भएका लाभग्राहीको विवरण यथाशिघ्र बिपद पोर्टलमा प्रविष्ट गरी दोश्रो किस्ता अनुदान माग गर्न बुङ्गल नगरपालिका बझाङमा लेखी पठाउने निर्णय गरीएको छ ।

साथै जिल्ला विपद् व्यवस्थापन समितिको कोषवाट स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा उपलब्ध गराईएको अनुदान रकम हालसम्म के कति लाभग्राहीहरुको खातामा उपलब्ध गराईएको छ ,सो को विवरण अविलम्ब जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउन जिल्लास्थित सबै (सुर्मा वाहेकका) पालिकाहरुमा लेखी पठाउने निर्णय भएको छ ।

आजकै बैठक बाट २०७८ सालको मनसुनजन्य विपदवाट प्रभावित घरहरुको घर पुनर्निमाण तथा पुनस्थापना गर्ने सम्बन्धमा हालसम्म यस जिल्लामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणवाट भेरीफाइ , भई पहिलो किस्ता अनुदान प्राप्त भई सम्बन्धित लाभग्राहीलाई निकासा गर्ने कार्य सम्पन्न भईसकेको र निजहरुको (पहिलो किस्ता अनुदान प्राप्त भईसकेकाले दोश्रो किस्ता अनुदान निकासाको लागि मनसुनजन्य विपद् प्रभावित नीजि आवास पुनर्निर्माण तथा पुनस्थापना अनुदान कार्यविधि, २०७७ वमोजिम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली र सम्बन्धित स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरिएको हो । साथै पुनरनिमार्ण मा भेरीफाई भईसकेका अन्य लाभग्राहीहरुको हालसम्म पनि पहिलो किस्ता अनुदान रकम समेत निकासा नभएको हुँदा निजहरुको पहिलो किस्ता अनुदान रकम निकासाको लागि समेत तीन वटै तह (विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुदूरपश्चिम प्रदेश र स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानहरुमा विभिन्न मिति र समयमा घटेका विपद्का घटनाहरुवाट प्रभावितहरुलाई प्रचलित विपद् पिडित उद्दार र राहत सम्बन्धी (सातौ संशोधन) मापदण्ड, २०७७ वमोजिम जिल्ला विपद् व्यवस्थापन समितिवाट वितरिते राहत रकम खर्च समर्थन गरि विपद् प्रभावित तलकोट ४ का गगन बहादुर बुढा लगाएत १५ जनालाई उपलब्ध गराउने निर्णय भएको हो ।

त्यस्तै यस जिल्लामा मंसिर, पुष र माघ महिनामा अत्यधिक चिसो हुनुका साथै उच्च हिमाली क्षेत्रका हिमपात हुन गई जनजीवन नै प्रभावित हुने गरेको हुँदा प्रभाबित हुने स्थानसख्याको आकलन गरी जिल्लास्थित पालिकाहरुले आवश्यक कार्ययोजना तयार गरी प्रभावकारी कार्यान्वयन गर्ने÷गराउने र हिमपात लगायतमा कारणले अवरुद्ध हुने सडकहरुलाई तत्कालै सुचारु गर्न जिल्ला स्थित सबै पालिका, चैनपुर ताक्लाकोट सडक योजना, पूर्वाधार विकास कार्यालय सहक डिभिजन बैतडीले आवस्यक व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०६९ (दशौ अद्यावधिक २०८१। को तयारी, छपाई लगायतको कार्यमा आवश्यक सहयोग गर्ने जिल्ला स्थित प्रगशिल युवा समाज /वल्डभिजन र रुडुक डडेलधुरालाई धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन