बझाङमा यातायात व्यवस्थापनलाई थप सुदृढ बनाउन भाडादर कार्यान्वयनमा जोड

Image

बझाङ । जिल्ला प्रसाशन कार्यालय बझाङमा सार्वजिनिक यातायात व्यवस्थापनलाई थप सुदृढ गर्न बसेको सर्वपक्षिय बैठकले विभिन्न निर्णयहरु पारित गरेको छ । आज आईतबार जिल्ला प्रसाशन कार्यालयमा बसेको बैठकले विगतमा जिल्ला यातायात व्यवस्थापन समितिले गरेका निर्णयको समिक्षा एवं विश्लेषण गरी प्रभावकारी कार्यान्वयन गर्ने , जिल्ला स्थित सबै यातायात प्रा.ली, व्यवसायीहरुले अनिवार्य रुमा तोकिएको भाडादार बमोजिम टिकटको व्यवस्था गरी तत्काल कार्यान्वयन गर्ने र तोकिएको भाडा भन्दा बढी भाडा लिने सवारी साधनलाई तत्कालै बढी लिईएको भाडा असुल गराई कानून वमोजिम कारवाही गर्ने निर्णय भएका छन् ।

त्यस्तै सवारी जोखिम तथा दुर्घटना न्यूनीकरणका उपाय ,सवारीको गती नियन्त्रण, सिट क्षमता अनुसार यात्रु बोक्ने, ओभरलोड सामग्री नबोक्ने सहित सबै यातायात प्रा.लि.÷ व्यवसायीहरुले सवारी साधनलाई चुस्तदुरुस्त गरी सवारी सञ्चालन गर्ने , जिल्लास्थित पालिका अन्तर्गतका सडकहरुलाई सम्बन्धित पालिकाले उचित मर्मत सम्भार गरी सह आवागमनको व्यवस्था मिलाउने ,रातो प्लेट भएका सवारी साधनहरुले यात्रु ओसारपसार गरेको पाइएमा तत्काल कानून बमोजिम कारवाही गर्ने र यात्रु ओसारपसार गर्न सार्वजनिक सवारी (कालो प्लेट) मा परिणत गर्न सो सम्बन्धमा आवश्यक प्रक्रिया पुरा गरी सवारी सञ्चालन गर्ने लगायतका निर्णय भएका छन ।

बैठकमा प्रमुख जिल्ला अधिकारी ,सहायक प्रमुख जिल्ला अधिकारी ,जिल्लामा सबै पालिकाका प्रमुख तथा प्रतिनिधी ,यातायात व्यवसमयी , विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनीधी , जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन