सपना खाती बझाङ ।
बझाङको बुंगल नगरपालिका– ३ खोल्लेख घर भएका नरेश बहादुर बोहराले धनगढी उपमहानगरपालिका–४ चटकपुर नजिकै सञ्चालन गरेको न्यु प्रत्युस मिनि खप्तड होटेलको भान्सा कोठामा राति एक्कासी आगलागी भएको छ।
आगलागी हुँदा होटेलको भान्छाकोठा भित्र रहेका करिब ४ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो । स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्