बझाङ । राष्ट्रिय क्रिकेट खेलाडी सम्झना खड्कालाई बुंगल नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाले उहाँलाई सम्मान गर्दै रु ३०,००० पुरस्कार दिने घोषणा गरेको हाे । बुंधबार आयोजित एक विशेष कार्यक्रममा, नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले सम्झना खड्कालाई सम्मान गर्दै सो राशी दिने कुरा जानकारी गराउनुभयो । यस अवसरमा उहाँले खड्काको उत्कृष्ट क्रिकेट प्रदर्शनलाई सराहना गर्दै, आगामी दिनमा यस्ता अवसरहरूलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो।
जयपृथ्वी नगरपालिका ९ देबलकी सम्झना खड्काले यसअघि श्रीलङ्कामा भएको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट ७२ रन प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन । यसैगरी, मंगलबार मात्र जयपृथ्वी नगरपालिकाले पनि उनलाई रु १ लाख पुरस्कार दिने घोषणा गरेको थियो। खड्काको सफलता र समर्पणले भविष्यमा धेरै युवाहरूसँग प्रेरणा पुर्याउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।
























