बझाङमा कृषी मेला प्रदर्शनी कार्यक्रम २०८१ सम्पन्न ।

Image

सपना खाती , बझाङ ।
बझाङमा कृषि मेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको धार्मिक तथा ऐतिहासिक सुर्मा देवी  मेलाको अवसरमा आयोजित कृषी मेला प्रदर्शनी २०८१ सफलतापूर्वक आज सम्पन्न भएको छ। दलित सहयोग समाजद्वारा सञ्चालीत क्लाइमेट परियोजना, पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना र कृषि ज्ञान केन्द्र बझाङको आयोजनामा आयोजित कृषि प्रदर्शनी मेलालाई यूएमएन, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, र कृषि ज्ञान केन्द्र बझाङले आर्थिक सहयोग गर्नुभएको थियो । बझाङ उद्योग वाणिज्य संघको समन्वयमा यो मेला कार्तिक १ देखि ७ गतेसम्म सञ्चालन भएको थियो ।

उद्घाटन कार्यक्रममा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर शुर्मेलीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजाल बिशिस्ट अतिथिका रहनुभएको थियो। बझाङ जिल्लाका ११ वटा पालिकाका प्रमुख , उपप्रमुख अध्यक्ष ,उपाध्यक्ष, वडा अध्यक्षहरू, नागरिक समाजका प्रतिनिधिहरू, व्यापारी, कृषक, खेलाडी, देउडा प्रेमीहरू, र अन्य जिल्लाबाट आएका दर्शनार्थीहरूको समेत सहभागीता रहेको दलित सहयोग समाजका परियोजना संयोजक रमेश बहादुर मालीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बिष्टले मेलाको उद्देश्यबारे प्रकाश पार्दै “रैथाने तथा स्थानीय बालीहरूको संरक्षण, प्रवर्द्धन, र पहिचान गराउनु प्रमुख उद्देश्य हो। मेलामा कृषकहरूलाई आधुनिक तथा पारम्पारिक खेती प्रविधिहरूको जानकारी दिनु, रैथाने बालीहरूको पोषणतत्त्व र स्वास्थ्य लाभबारे जनचेतना फैलाउनु यस मेलाको अर्को महत्त्वपूर्ण उद्देश्य बारे प्रस्ट पार्नुभयो ।

मेलाले कृषकहरूलाई आधुनिक प्रविधि र उपकरणहरूको जानकारी गराउँदै कृषि उत्पादन बढाउने तथा वातावरणमैत्री कृषि प्रणालीको प्रोत्साहनमा सहयोग पुर्‍याउने कार्यक्रमका प्रमुख अतिथिले पनि रैथाने बालीहरूको प्रवर्द्धनले जैविक विविधता, पोषण, आर्थिक सशक्तिकरण, र जलवायु परिवर्तनसँग जुझ्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

दलित सहयोग समाज, कृषि ज्ञान केन्द्र, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल लगायतका संस्थाहरूले मेलाको सफलतामा योगदान पुर्‍याएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको समापनमा उद्योग वाणिज्य संघका अध्यक्ष शुर्मेलीले स्थानीय समुदायको खाद्य सुरक्षा र सांस्कृतिक धरोहरको संरक्षणमा मेलाले खेलेको भूमिकाको प्रशंसा गर्दै सबै आयोजक र सहयोगी संस्थाहरूलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन