सपना खाती,बझाङ ।
केदारस्युँ गाउँपालिकामा स्थानीय बजार सहजकर्तालाई २ दिने पुनर्ताजकिय तालिम समपन्न भएको छ। वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल , दलित सहयोग समाज द्वारा सोमबार सञ्चालन भएको स्थानीय बजार सहजकर्तालाई २ दिने पुनर्ताजकिय तालिम आज केदारस्युँ गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
कृषकहरुले उब्जायका अर्गानिक फलफुल, तरकारी, दाल आदिइत्यादि बजार सम्म पुर्याउन सहयोग गरुन ,कृषकहरुलाई बजार सहजकर्ताहरुले विभिन्न किसिमका ज्ञानसिप सिकाउन भन्ने उद्श्यले उक्त कार्यक्रम सञ्चालन गरको परियोजना संयोजक रमेश मालीले बताउनु भयो ।
उक्त कार्यक्रममा बजार सहजकर्ताहरुलाई ५ सिपका ५१ सुचक ४ चरण र सबल पक्ष कम्जोर पक्ष, अवसर र बाधाका बारेमा परियोजना संयोजक मालिले प्रशिक्षण गराएर तालिम दिनुभएको थियो । केदारस्युँ गाउँपालिका वडा नम्बर २,३,६,७ र ८ का १ वडाबाट ३ जना गरि जम्मा १५ जनाले उक्त तालिम लिएका थिय । आजको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले किसानहरुलाई बजारीकरणमा सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गर्दै स्थानीय बजार सहजकर्तालाई सकृय र लगनशील भएर काम गर्न प्रेरणा दिनुभयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष गणेश बोहराले पनि दलित सहयोग समाजको काम प्रति खुसि व्यक्त गर्दै उनिहरुको उदेश्यलाई सार्थक बनाउन आउँदो साल बैसाख महिना भित्रै कोल्ड स्टोर निर्माण गर्ने बताउनुभयो । साथै उहाँले सम्पूर्ण बजार सहजकर्ता लाई आफुँपनि व्याबसायी बन्न अनुरोध गर्नु भयो ।

उक्त तालिमलाई सहजीकरण दलित सहयोग समाजका मिल महेश नेपाली , सामाजिक परिचालक सत्यराज कोईराला , सुरेश नेपाली र कल्पना दमाईले गर्नु भएको थियो । कार्यक्रमको अन्तमा २ दिने तालिमले हामिलाई हाम्रो काम कर्तव्य र स्थानीय मूल्य वृद्धि शृङ्खलामा अझ प्रस्ट बनाएको उक्त कार्यक्रममा सहभागी भएका जय बहादुर गुर्धामिले बताउनुभएको छ ।
























