बझाङ ; बझाङको बुंगल नगरपालिकामा आयोजना हुने वडा स्तरीय तेस्रो मेयर कप २०८१ टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक बुंगल नगरपालिका खेलकुद समितिले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजकले आज मञ्च व्यवस्थापन , फिल्ड सरसफाइ लगाएका काम सकिएको र भोलि प्रमुख अतिथी पूर्व खेलकुद राज्य मन्त्री नरेश बहादुर सिंह द्वारा उद्घाटन गरिने बुंगल नगरपालिका खेलकुद समितिका अध्यक्ष शेर बहादुर कुँवरले जानकारी दिनुभयो ।
नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दिपावलीको अवसरमा भोलि बुंगल नगरपालिका १ दहबगर खेलकुद मैदानमा हुने प्रतियोगितामा बुंगल नगरपालिका भित्रका खेलाडीहरूलाई मात्रै समावेश गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १ वडा बाट दुई टीम गरी ११ वडाबाट २२ टिम सम्म सहभागि हुने अनुमान गरिएको आयोजकले बताएको छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समुहलाई ट्रफी मेडल र प्रमाणपत्र सहित ८१ हजार १ सय ८१ रुपैयाँ पुरस्कार प्रदान गरिने र पद्धतीय हुने समुहले ५१ हजार १ सय ५१ रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार उपलब्ध गराइने आयोजकले जनाएको छ । यसै बिच बुंगल नगरपालिका वडा नम्बर १ को कार्यालयले प्रतियोगिता स्थल वरपर मदिरा सेवन तथा विक्रि वितरणमा पनि रोक लगाएको छ ।
वडा कार्यालयले भोलि कार्तिक ७ गते देखी ११ गते सम्म प्रतियोगिता अवधि भरी प्रतियोगिता सञ्चालन क्षेत्रको पूर्वमा कोटधार पश्चिममा भेरीगडा काटै , उत्तरमा दमोउ ढुंगा र दक्षिणमा ऐसेलु बगर सम्म मदिरा बेचबिखन ओसार पसार र सेवनमा रोक.गलाएको छ । यदि कोही कसैले उक्त कार्य गरेको पाइएमा बुंगल नगरपालिका कार्यपालिकाको निर्णय अनुसार कारबाही गरिने पनि वडा कार्यालयले जनाएको छ ।