बुङ्गल नगरपालिका वडा नं –३ मा युनिक सोसाइटी फाउन्डेसन नामक संस्था गठन

बुङ्गल ; सामजिक कार्य गर्न सजिलो हुने भन्दै जिल्लाको बुङ्गल नगरपालिका वडा नं ३ मा युनिक सोसाइटी फाउन्डेसन नामक संस्था गठन गरिएको छ । बुंगल नगरपालिका वडा नम्बर ३ मा बसोवास गर्ने वडा नम्बर ३ घर भई देश तथा बिदेशमा बस्नु भएका सम्पुर्ण युवाहरूको सहभागीता रहने गरी संस्था गठन गरिएको हो ।

शनिबार गठन गरिएको संस्थाको अध्यक्षमा गोपाल धामीलाई सर्वसम्मत चयन गरेको छ । धामीको अध्यक्षतामा वरिष्ट उपाध्यक्षमा हेमन्त सिंह ,उपाध्यक्षमा सन्तोश बिक र नविन बोहरा सचिवमा दर्शन नेपाली सहित जम्मा २१ सदस्यीय कार्यसमिति चयन गरीएको संस्थाका संस्थापक अध्यक्ष मान बहादुर धामीले जानकारी दिनुभएको छ ।

संस्थाले अब वडाभित्रमा विभिन्न सामाजिक कार्य गर्ने जनाएको छ ।
यश सस्थाको विशुद्ध जनताको सेवा र सव्य समाज निर्माणमा भुमिका खेल्ने बताइएको छ ।यस सस्थाको सस्थापक अध्यक्षमा मान ब.धामी ,सदस्यमा गोपाल धामी ,जय ब.धामी,विर्ख ब.धामी, दमन ब.धामी ,करन बोहरा पनि चयन भएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्