बुंगल नगरपालिका भित्रका सडकहरूमा चल्ले सवारी साधनको भाडादर सार्वजनिक !

Image

बझाङ । बुंगल नगरपालिकाले नगरपालिका भित्रका ग्रामीण सडकहरूमा सञ्चालन गरिने सवारी साधनको भाडादरको लिस्ट सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालयले बढी भाडा असुल्ने ,ट्राफिक नियमको उलङ्घन गरी बढी यात्रु चढाउने, सवारी साधनमा भाडादर नटाँस्ने सवारी साधनलाई नियमन गर्न कडाइका साथ लागि रहेको बेला बुंगल नगरपालिकाले पनि आफ्नो नगरपालिका भित्रका ग्रामीण सडकको दूरी यकिन गरी सोही अनुसार नगरपालिकाका विभिन्न शाखा सडकमा चल्ने सवारी साधनको भाडादर सार्वजनिक गरेको हो ।

नगरपालिका भित्रका ग्रामीण सडकमा चल्ने सवारी साधनको भाडादर तोकी सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले ताकेता गरेपछि बुंगल नगरपालिकाले पनि गाडीभाडा बढी असुल्ने तथा ट्राफिक नियमको उलङ्घन गर्ने सवारी साधनलाई नियमन गर्नका लागि कडाइका साथ लाग्ने भन्दै ग्रामीण सडकमा चल्ने सवारी साधनको भाडादर सार्वजनिक गरी यातायात व्यवसायीलाई अनिवार्य सवारी साधनमा भाडादर टास्न अनुरोध गरेको छ ।

भाडादर गाडीमा नटाँसेको पाइएमा तथा बढी भाडा असुल्ने ,ट्राफिक नियमको उलङ्घन गरी बढी यात्रु चढाउने गरेको पाइएका कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुँवरले बताउनुभयो ।

भाडादर निम्न प्रकार रहेको छ ।

भाडादर
प्रतिक्रिया जनाउनुहाेस्