सुरेश धामी, १६ भाद्र बझाङ : नगरपालिका भित्र एकै दिन १४ जनामा कोरोना संक्रमित देखिएपछि मंगलबार राति १२:००बजे बाट बुङ्गल नगरपालिका भरि निषेधाज्ञा जारी गरिने भएको छ । मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बुङ्गल वडा नं ३ का ५ जना वडा नं ४ का ६ जना वडा नं ६ का १ जना र वडा नं ९ का २ जना गरि नगरपालिकाका १४ नामा संक्रमण देखिएको थियो ।
निषेधाज्ञा जारी भएपछि बुङ्गल नगरपालिका भित्र प्रवेश गर्न नपाइने र बुङ्गल नगरपालिका बासिले पनि बाहिर जान नपाउने बुङ्गल नगरपालिकाका मेयर धन बहादुर बिष्टले बताए । उनका अनुसार भाद्रो १६ गतेबाट जारी भएको निषेधाज्ञा भदौ २३ गतेसम्म रहनेछ ।
बुङ्गल नगरपालिकामा देखिएका १४ जना संक्रमितलाई सम्बन्धित ठाउँको कोरोन्ठाईन मा नै छुट्टै आइसोलेसनमा बनाई राखेको छ । निषेधाज्ञा जारी भएको समयमा अत्यावश्यक काम बाहेक जो कोही बाहिर निस्केमा संक्रामक रोग ऐन २०२० कारबाही गरिनुका साथै सिधै १४ दिन क्वारेन्टाइनमा राखिने बताएको छ ।