बझाङ ; बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई बुङ्गल युवा समाज द– कोरीयाले आर्थिक सहयोग गरेको छ । बुङ्गल युवा समाज द– कोरीयाका संयोजक झलक बिष्टको पहलमा बुंगल नगरपालिका घर भई कोरीया कर्मथलो बनाएका युवाहरुले टुमेडागाउँमा पहिरोमा परी ज्यान गुमाएका विर बहादुर धामीको परिवारलाई ८१ हजार २ सय ५६ रुपयाँ आर्थिक सहयोग गरेको हो ।
गत भाद्र २ गतेक अविरल वर्षासँगै बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको थियो । ४ जना परिवारका सदस्यहरुको पहिरोमा पुरिएर मृत्यु भएको र अन्य परिवारका सदस्यहरू घाईते भएर खान लगाउन समेत नपुगेर समस्यामा दिन विताई रहेको अवस्थामा “सेवा नै धर्म हो “ भन्ने भावनाका साथ बुंगल नगरपालिका स्थायी घर भएर कोरीया कर्मथलो बनाएका सबै युवाहरुले आर्थिक सहयोग गरेको बुङ्गल युवा समाज द– कोरीयाका संयोजक झलक बिष्टले बताउनुभयो ।