केदारस्युँ गाउँपालिकामा परियोजना परिचयात्मक बैठक तथा ईनअफ शुभारम्भ कार्यक्रम सम्पन्न

Image

सपना खाती,बझाङ । केदारस्युँ गाउँपालिकामा वर्ल्डभिजन ईन्टरनेशनल नेपाल , दलित सहयोग समाज र प्रगतिशील युवा समाजको साझेदारीमा परियोजना परिचयात्मक बैठक तथा ईनअफ शुभारम्भ कार्यक्रम सम्म्पन भएको छ । केदारस्युँ गाउँपालिकाको समन्वय दलित सहयोग समाज र प्रगतिशील युवा समाजको साझेदारीमा उक्त कार्यक्रम आज केदारस्युँ गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश कुमार केशीको अध्यक्षतामा समापन कार्यक्रममा प्रमुख अथिती गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहरा रहनु भएको थियो यस्तै विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष मनिषा धामी प्रमुख प्रशासकिय अधिकृत रोहित कुमार गिरी रहनु भएको थियो । अन्य अतिथिमा,वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्ष ,कार्यपालिका सदस्य ,सम्पुर्ण बिषयगत शाखा प्रमुख , दलित सहयोग समाजका उपाध्यक्ष सारदा नेपाली ,कार्यकारी निर्देशक सुनिल नेपाली , वर्ल्ड भिजन ईन्टरनेशनलका जिल्ला संयोजक मेनका कुमारी मल्ल, प्रगतिशील युवा समाजका परियोजना व्यावस्थापक यज्ञराज जोशी, दलित सहयोग समाजका परियोजना संयोजक रमेश बहादुर माली , लगाएत अन्य कर्मचारी रहनुभएको थियो । कार्यक्रम सञ्चालन उत्त्म मल्लले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोहराले प्रगतिशिल युवा समाजले सरकार र अन्य संस्था भन्दा फरक खालको पहिचान बनाएको बताउनुभयो । कार्यक्रमको सफलताको शुभकामना सहित २०२५ मा सबै वडा अध्यक्ष लगाएत कर्मचारीलाई सहयोग गर्न अनुरोध गर्दै आउदैं गरेको बडादशै तथा दिपावलीको शुभकामना पनि व्यक्त गर्नुभएको थियो ।

गाउँपालिका उपाध्यक्ष धामीले यस वर्ष व्यावसाय सहयोग लगाएत अन्य कार्यक्रम साझेदारीमा गर्ने प्रतिवद्धता गर्नुभयो । पोषणमा सुधार भए हाम्रो औसत उचाईमा समेत सुधार हुने र मैले मेरो तर्फबाट गर्नु पर्ने सहयोग गर्ने छु भन्दै प्रमुख प्रशासकिय अधिकृत गिरिले पनि प्रतिवद्धता जनाउनुभएको थियो । यस्तै वडा नम्बर ३ का वडाध्यक्ष विर बहादुर खातीले सबै वडामा चेतनामुलक कार्यक्रम सञ्चालन गरिदिए अझै राम्रो हुने थियो भन्दै गरेका कामहरुको तारिफ गर्नुभयो ।

कार्यक्रममा प्रगतिशिल युवासमाजका कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले समुदायमा आधारित बालप्रायोजन तथा बाल संरक्षण परियोजना र समावेशी तथा गुणस्तरिय शिक्षा परियोजनाको आगामी आर्थिक वर्ष २०२५ मा संचालन हुने क्रियाकलापहरुको विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाबाट गएको आर्थिक वर्ष २०२४ मा संचालन गरिएका क्रियाकलापहरुको उपलब्धी तथा बजेट विवरण प्रस्तुत गरिएको थियो । यस्तै पोषण तथा उत्थानशिल जिबिको पार्जन परियोजनाको प्रस्तुति दलित सहयोग समाजका कार्यक्रम संयोजक रमेश बहादुर मालीले गर्नु भएको थियो।

कार्यक्रमलाई समापन गर्दै प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केशीले सरकारले लिएको दिगो विकासको लक्ष्य अनुसार केदारस्युँ गाउँपालिकालाई बालमैन्त्री स्थानिय शासन घोषणा गर्न गाउँपालिकामा गुणस्तरिय शिक्षा अभिवृर्दि गर्नका लागि स्थानियतहसँग यो संस्था सधैभरि हातेमालो गर्न तयार रहेको बताउनु भयो । साथै उहाँले नजिकिदै गरेको बडादशै तथा शुभ दिपावलीको शुभकामना पनि व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन