बझाङ । जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथिभेरा – १ बालुवाटार नजिक खसेको पहिरो २४ घण्टा बिते पनि सुचारु हुन सकेको छैन । पहिरो पन्छाउन दुईवटा जेसिबि खटिए पनि माथिबाट निरन्तर पहिरो खसिरहेका कारण सडक सुचारु गर्न नसकिएको हो । आइतबार पनि ढुङ्गा खसिरहेका कारण सडक सुचारु गर्न सकिएको थिएन ।
सडक पुरिने गरि पहिरो खसेका कारण यात्रुहरु हिडेर वारपार गरेर गन्तव्यतिर गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख बिनोद विष्टले बताउनुभयो । उहाँका अनुसार सडक मुनी स्थानीयको खेतबारी भएका कारण ढुङ्गा माटो अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्ने हुँदा थप समय लागिरहेको छ । अहिले पनि पुनः पहिरो खसिरहेकाले दुबै जेसिबी थन्किएको प्रमुख विष्टको भनाई छ
प्रतिक्रिया जनाउनुहाेस्