बुंगल नगरपालिकाले भोलि देखी आफ्नै भवनबाट सेवा दिने !

बझाङ। बुंगल नगरपालिकाले भोली देखि आफ्नै भवनबाट सेवा दिने भएको छ । नगरपालिकाको आफ्नैसुविधा सम्पन्न भवन निर्माण भएपछि आफ्नै प्रशासनिक भवन वाट सेवा दिइने भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश कुंवरले भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने बताउनुभयो । विगत ७ वर्षसम्म बिजगडामा भाडामा रहेको घरबाट सेवा दिदै गरेकोमा र अब आफ्नै सुविधा सम्पन्न भवन हाटकोटबाट सेवा दिनुमा धेरै फरक पर्ने उहाँले बताउनुभयो । प्रशासनिक भवन सङ्घीय सरकार तथा नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो ।

चार वर्ष अगाडी ठेक्का सम्झौता भएपनि कोरोना र स्थानीय तहको निर्वाचनका कारणले केही निर्माणमा भने ढिलाइ भएको हो । यस्तै, भवनमा सबै शाखाले सेवा दिइरहेका छन् । बैठक हल देखि विभिन्न शाखा र नगर प्रमुख उपप्रमुखका कार्यकक्षसमेत उक्त भवनभित्र व्यवस्थापन गरिएको छ । नगरपालिकाका सम्पर्ण सामाग्रीहरु उक्त भवनमा व्यवस्थापन गरिएको र भोलि देखि हाटकोट बाटै सेवा दिइने बुंगल नगरपालिकाले जनाएको छ ।

Hohel Kananga
Loading...