बुंगलमा कर्मचारी भर्नामा मेयरले पैसा लिएको बिषयमा कांग्रेसक‍ो धारणा सार्वजनिक!

मेयर धामीको बचाउ गर्दै विज्ञप्ति जारी ।

बझाङ । बुंगल नगरपालिकामा रोजगार सहायकमा कर्मचारी भर्नाका लागि बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले उम्मेदवारबाट पैसा लिएको फोन संम्वाद बाहिरिएको बिषयमा नेपाली कांग्रेसले मेयरको बचाउ गर्दै प्रेस विज्ञप्ति मार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ।

यसअघि नगरपालिकाको रोजगार सहायकमा कर्मचारी भर्ना गर्दा बुंगल नगरपालिकाका नगरप्रमुख जयबहादुर धामीले उम्मेदवारबाट पैसा दिएको भन्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट समाचार तथा फोनसंवाद गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । उक्त संवाद बाहिरिएको लामो समयसम्म चुपचाप बसेको नेपाली कांग्रेस बुंगल नगर कार्यसमितिले शुक्रबार  एक विज्ञप्ति सार्वजनिक गर्दै केही व्यक्ति तथा जिम्मेवार राजनिति दलसँग आवद्ध व्यक्तिहरुले कुन्ठित मानसिकताका साथ जनतामा भ्रम सिर्जना गर्ने काम भएको आफ्नो धारणा सार्वजनिक गरेको हो।

नेपाली कांग्रेस नगर कमिटी सचिव प्रकाश कुँवरले हस्ताक्षरित विज्ञप्तिमा बुंङ्गल नगरपालिका मेयर तथा नेपाली कांग्रेसका नेता जयबहादुर धामीको व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामा आँच आउने गरी केही व्यक्ति तथा जिम्मेवार राजनिति दलसँग आवद्ध व्यक्तिहरुले कुन्ठित मानसिकताका साथ जनतामा भ्रम सिर्जना गर्ने गरी नियोजित तरिकाले मेयर जयबहादुर धामी र नेपाली कांग्रेस पार्टीलाई वदनाम गर्ने कोसिस गरिरहेको प्रति नेपाली कांग्रेस बुगंल नगर कार्य समितिको गम्भिर ध्यानाकर्षण भएको भनिएको छ ।

विज्ञप्ति

साथै कांग्रेसले मेयर र एक जना व्यक्तिको विचमा भएको भनिएको व्यक्तिगत लेनदेन सम्बाद विषयमा पिडित भनिएका व्यक्तिले यो विषय केवल व्यक्तिगत लेनदेन भएको र सो लेनदेनको समस्या समाधान भइसकेकाले अरु प्रचारमा आएजस्तो अन्य कुनै पनि कुरा जोडिएको विषय नभएको बताएको छ । उसले सामाजिक सञ्जाल लगाएत अन्य माध्यमबाट प्रष्ट पारी सकेको अवस्थामा यो विषयलाई लियर मेयर र पार्टीलाई बदनाम गर्ने उद्देश्यले केहिदिन देखि गलत गतिविधि र प्रचार प्रसार भइरहेकोले यस्ता गतिविधि र प्रचार प्रसारबाट सम्पूर्ण नगर वासी दाजुभाइ, दिदिवहिनी लाई भ्रममा नपर्न हार्दिक अनुरोध पनि गरेको छ ।

केहीदिन अघि बुंगल नगरपालिकामा भइरहेका भ्रष्टाचार विरुद्ध संघर्षका कार्यक्रम गर्ने भन्दै चारदलले  संयुक्त संघर्ष समिति गठन गरिएको थियो । बिहीबार नेपाल कम्युनिष्ट पार्टी एमाले , कम्युनिष्ट पार्टी  विप्लव , नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रम अगाडी बढाउने निर्णय गरेको थियो । संर्घष समितिले कर्मचारी भर्नामा नगर प्रमुखले पैसा लिएको विषयको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने , राज्यका सम्बन्धित निकायले अनुसन्धान गरि नगरप्रमुख लगाएत अडियो रेकर्डमा नाम समाबेश गरिएका कर्मचारी माथि छानबिन गरि दोषी देखिए कारबाही गर्नुपर्ने लगाएतका मागहरु राखेको थियो । साथै उक्त समितिले मागहरू पूरा नभएसम्म संघर्षका कार्यक्रम नरोकिने र संघर्ष गर्दा कुनै अप्रिय घटना घटेमा स्वयं नगरप्रमुले जिम्मेवारी लिनुपर्ने विज्ञप्ति मार्फत जानकारी गराएको थियो ।

Hohel Kananga
Loading...